Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिकाद्धारा कोरोना संक्रमण फैलन नदिन नगरक्षेत्रमा औषधी छर्न शुरु


2.2K
Shares

गोरखा नगरपालिकाद्धारा कोरोना संक्रमण फैलन नदिन नगरक्षेत्रमा औषधी छर्न शुरु

गोरखा १५, चैत ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन गोरखा नगरपालिकाले नगर क्षेत्रमा आज क्लोरिनको झोल छर्किएको छ । नगरक्षेत्रमा भाइरसको संक्रमण फैलन नदिन क्लोरिनको छर्किएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमुख ईश्वर रेम्मीले जानकारी दिनुभयो ।

नगरपालिकाले आज दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म बजार क्षेत्रमा औषधी छर्किएको उहाँको भनाई छ । औषधी छर्ने अबधी भर घर भित्रै बसिदिन पनि नगरपालिकाले सम्पूर्ण नगरबासीलाई आग्रह गरेको थियो । साथै नगरपालिकाले कलोरिन झोलका कारण लत्ता कपडा तथा खाद्यान्नमा असर गर्ने भन्दै नगरपालिकाले उक्त बस्तु घर बाहिर नराख्न समेत नगरपालिकाले सवैलाई अपिल गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा आज गोरखा नगरपालिकाको खोलखोल देखी चाईनिज धारा, पेट्रोल पम्प, हरमटारी, कालिमाटी बजार, गोरखा अस्पताल हुदै बराहदेखि आहालेसम्म तथा शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, धारापानी, रोहटेपानी, पदेली हुदै ठुलो आँगनदेखि सतिपिपलसम्म क्लोरिन छर्किएको स्वास्थ्य शाखा प्रमुख रेम्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लोरिन झोलले मानिसलाई असर नगर्ने भएता पनि सर्तक भने रहन नगरपालिकाले पूर्वसूचना दिएको होे। नगरपालिकाले नगर क्षेत्रभित्रको ठुला तथा साना बजार (सडकसंग जोडिएको) क्षेत्रमा क्लोरिन झोल छर्ने जनाएको छ । दोस्रो चरणमा भोेलिदेखि खोलखोले हुदै तलका बजार क्षेत्रमा क्लोरिन झोल छर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology