Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल एयरलाइन्सको विमान नेपालगन्जमा दुर्घटना


1.8K
Shares

नेपाल एयरलाइन्सको विमान नेपालगन्जमा दुर्घटना

नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज शनिबार नेपालगन्जमा दुर्घटना भएको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको  हो ।

विमानमा रहेका दुई चिकित्सक र तीन चालक दलका सदस्य रहेकामा उनीहरु सबै सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जहाज अवतरण हुनेबेला चिप्लिएर धावनमार्गबाट बाहिर जालीनेर पुगेको बताइएको छ ।

उक्त विमानमा सामान्य क्षति पुगेको र प्राविधिक टोलीले मर्मत गरेपछि उडान भर्न सकिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology