गोरखा १५, चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन गोरखा नगरपालिका क्षेत्रमा आज क्लोरिनको झोल छर्कने तयारी भएको छ । गोरखा नगरपालिका गोरखाले नगरक्षेत्रमा भाइरसको संक्रमण फैलन नदिन क्लोरिनको झोल छर्कने तयारी भईरहेका नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमुख ईश्वर रेम्मीले जानकारी दिनुभयो ।
नगरपालिकाले शनिबार दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म बजार क्षेत्रमा औषधी छर्ने तयारी गरेको उहाँको भनाई छ । औषधी छर्ने अबधी भर घर भित्रै बसिदिन पनि नगरपालिकाले सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ । साथै नगरपालिकाले कलोरिन झोलका कारण लत्ता कपडा तथा खाद्यान्नमा असर गर्ने भन्दै नगरपालिकाले उक्त बस्तु घर बाहिर नराख्न समेत नगरपालिकाले सवैलाई अपिल गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा गोरखा नगरपालिकाको खोलखोल देखी चाईनिज धारा, पेट्रोल पम्प, हरमटारी, कालिमाटी बजार, गोरखा अस्पताल हुदै बराहदेखि आहालेसम्म र शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, धारापानी, रोहटेपानी, पदेली हुदै ठुलो आँगनदेखि सतिपिपल सम्म क्लोरिन झोल छर्ने स्वास्थ्य शाखा प्रमुख रेम्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्लोरिन झोलले मानिसलाई असर नगर्ने भएता पनि सर्तक भने रहन सबैलाई नगरबासीलाई भनेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रको ठुला तथा साना बजार (सडकसंग जोडिएको) क्षेत्रमा क्लोरिन झोल छर्ने जनाएको छ । दोस्रो चरणमा भोेलिदेखि खोलखोले हुदै तलका बजार क्षेत्रमा क्लोरिन झोल छर्ने नगरपालिकाले जनाएको छ ।