Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

घरबाट ननिस्कन र सचेतना फैलाउन आफै टोलटोलमा पुगेर माईकिङ गर्दै गाउँपालिका अध्यक्ष भट्ट


7.5K
Shares

घरबाट ननिस्कन र सचेतना फैलाउन आफै टोलटोलमा पुगेर माईकिङ गर्दै गाउँपालिका अध्यक्ष भट्ट

गोरखा १५, चैत ।  गोरखाका बारपाक सुलिकोट गाउँपालिका भित्र बिश्वभर फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट आफै टोलटोलमा माईकिङ गर्दै टोलटोलमा पुग्नु भएको छ । गाउँपालिका भित्र सम्भावित जोखिम न्युनीकरणका लागि अध्यक्ष भट्ट नागरिकहरुमा सचेतना फैलाउन र घरबाट ननिस्कन आग्रह गर्दै आफै माईकिङ गर्दै हिड्नु भएको हो ।

‘यो बिपतको न्युनीकरण गर्ने मुख्य उपाय भनेकै गाउँपालिकाहरुका नागरिकहरुलाई कोरोना भाइरसको बिरुद्धमा जानकारी दिनु हो, उहाँले भन्नुभयो, त्यसका लागि टोलटोलमा पुगेर जानकारी दिन सके सवै नागरिकहरु सचेत हुनेछन् भन्ने उद्देस्यले म आफै भनेपनि माइकिङ गर्दै हिडेको छु ।’ बिपतका बेला आफुले सक्ने सबै कार्य गर्न तयार हुनुपर्छ भन्ने लागेर माइकिङ गर्दै हिडेको उहाँले बताउनुभयो ।

गाउँपालिका भित्रका साविकको बारपाक बाहेका सवै वडामा माइकिङ गरिसकिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयो । ‘पालिका भित्रका नागरिकहरु घरबाहिर ननिस्कए मात्र पनि सम्भावित कोरोनाको संक्रमण फैलन पाउदैन भन्ने नागरिकहरुलाई सचेत गराउनुछ, उहाँले भन्नुभयो, सवैका हितका लागि जनप्रतिनिधिहरुले नागरिकहरु प्रति खेल्नु पर्नेमा मुख्य भूमिका अहिले नै हो ।’

उहाँले गाउँपालिका भित्र बिदेशबाट आएका नागरिकहरुको तथ्याङक संकलन गरी उनीहरुलाई सेल्फक्वारेन्टाइनमा राख्ने काम समेत गाउँपालिकाले गदै आएको बताउनुभयो । ‘बारपाक सुलिकोट गाउँपालिका भित्र हालसालै बिदेशबाट आउनेहरुको वडा कार्यलय मार्फत तथ्याङक संकलन गर्ने गरिरहेका छौ, उहाँले भन्नुभयो, ‘आबश्यकताको आधारमा उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था पनि गछौ, स्वास्थ्यमा समस्या आए तत्काल सम्र्पक गर्न सवै नागरिकलाई हाम्रो आग्रह छ ।’

गाउँपालिकाले सम्भावित कोरोना भाईरसको लक्षण देखिने बिरामी भेटिए तत्काल अस्पताल पु¥याउन पालिका भित्र सञ्चालित एम्बुलेन्सहरु समेत तयारी अबस्थामा राखिएको अध्यक्ष भट्टले बताउनुभयो । ‘गाउँपालिकाको क्षमताले भ्याए जतिका सवै तयारी गरिएको छ, उहाँले भन्नुभयो, जनशक्ति र भौतिक पूर्वाधार अनुसार गाउँपालिकाले गर्ने सवै तयारी गरेका छौं । ’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology