Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

शहिद लखन गाउँपालिकाले राख्यो बिदेशबाट फर्किएका ३७ जनालाई सेल्फ क्वारेन्टाइनमा


2K
Shares

शहिद लखन गाउँपालिकाले राख्यो बिदेशबाट फर्किएका ३७ जनालाई सेल्फ क्वारेन्टाइनमा

गोरखा १५, चैत- गोरखाको शहिद लखन गाउँपालिकामा बिदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न गाउँपालिकाले वडा कार्यालय मार्फत बिदेशबाट आएका सवैको तथ्याङक संकलन गरी उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

‘कोरोना भाइरस फैलिएको देशबाट आएकाहरुबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने उच्च जोखिम हुने भएकाहरुले उहाँहरुको तथ्याङक संकलनको गरी सवैलाई घरमा सेल्फ क्वारेन्टाइनमा राखिएको छ , उहाँले भन्नुभयो, ‘पालिका भित्र बिदेशबाट आएका ३७ मध्ये धेरैजसो २० दिनभन्दा बढि भईसकेको पाइएको छ । गाउँपालिकामा बिदेशबाट फकिएका मध्ये अधिकासं भारतबाट आएकाहरु रहेको गाउँपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो

गाउँपालिकाले गएको १ महिनाभित्र बिदेशबाट आएका सवैको तथ्याङक संकलन गरेको उहाँले बताउनुभयो । ‘ बिदेशबाट आउनेहरुमा भारत, मलेसिया, साउदी अरव, फ्रान्स, न्युजिल्याण्ड लगायतका देशबाट फकिएकाहरु छन्, अध्यक्ष थापामगरले भन्नुभयो, उहाँहरुलाई परिवार समेत सुरक्षित हुने गरि बस्न भनेका छौं ।’ स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्न समेत उहाँहरुलाई फकिएकाहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष थापामगरले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology