Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनासंग लड्न प्रदेश सरकारद्धारा २५ करोड रुपैयाँको कोष स्थापना


3.4K
Shares

कोरोनासंग लड्न प्रदेश सरकारद्धारा २५ करोड रुपैयाँको कोष स्थापना

काठमाण्डौ १४, चैत । कोभिड १९ विरुद्व लड्न प्रदेश २ सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको छ । बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले २५ करोड रुपैयाँको राहत कोष बनाउने निर्णय गरेको हो । प्रदेश सरकारको तर्फबाट स्थापना गरिएको कोषमा सम्पूर्ण मन्त्रीहरुले आफ्नो एक महिनाको तलब समेत दिने भएका सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारले राहत कोषमा सहयोग गर्न समाजिक सङ्घसंस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ । बैठकले महामारी नियन्त्रणको लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ ।

आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समिति समेत गठन गरिएको मन्त्री यादवले बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology