Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

शहिदलखन गाँउपालिकाले कोरोनाको लक्षण देखिएका बिरामीलाई निशुल्क अस्पताल पु¥याउने


4.3K
Shares

शहिदलखन गाँउपालिकाले कोरोनाको लक्षण देखिएका बिरामीलाई निशुल्क अस्पताल पु¥याउने

गोरखा १३, चैत ।गोरखाको शहिद लखन गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) लक्षण देखिएका बिरामीहरुलाई निशुल्क स्वास्थ्य संस्थासम्म पु¥याउने व्यवस्था मिलाएको छ । गाउँपालिकाको बैठकले पालिका भित्रका ९ वटै वडाभित्र नागरिकहरु मध्ये कसैलाई कोरोना भाइरसको लक्षण देखिएको निुशल्क एम्बुलेन्स मार्फत अस्पताल पु¥याउने व्यवस्था मिलाएको प्रमुख प्रसासकिय अधिकृत जिवनबहादुर आलेमगरले जानकारी दिनुभयो ।

त्यसका लागि गाँउपालिका भित्रका सवै स्वास्थ्य संस्था भित्र रहेकाहरु परिचालन गर्ने तयारी गरेका छौं, उहाँले भन्नुभयो, सम्भावित लक्षणदेखिएमा त्यस्ता बिरामीहरुले गाउँपालिकाका पदाधिकारी, कर्मचारी, सवै वडाभित्रका वडाध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख वा एम्बुलेन्स चालकहरुलाई सम्र्पक गर्ने व्यवस्था पनि मिलाएका छौ ।’

गाउँपालिकाले कोरोना लक्षणदेखिएका बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स चालकको सुरक्षाका लागि समेत सक्दो व्यवस्थाको तयारी गरेको उहाँले बताउनुभयो । ‘बिरामी बोकेर लैजाने चालकका लागी स्वास्थ्य जोखिम छ, हामीले जिल्ला अस्पताल गोरखासंग समन्वय गरेका काम गर्ने तयारीमा छौ, उहाँले भन्नुभयो, त्यसबाहेक, स्थानीय स्तरमा सेनिटाइजर उत्पादन गरी एम्बुलेन्समा छर्कने व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology