Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको घ्याल्चोकमा बिदेशबाट फर्किएकाहरु बस्नका लागि क्वारेन्टाइन निर्माण


2.5K
Shares

गोरखाको घ्याल्चोकमा बिदेशबाट फर्किएकाहरु बस्नका लागि क्वारेन्टाइन निर्माण

गोरखा, १३ चैत । बिदेशबाट फर्किएकाहरु बस्नका लागि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ मा क्वारेनटाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि गाउपलिकाले ज्ञान मार्ग माध्यमिक विद्यालय घ्यालचोकमा क्वारेनटाइन निर्माण गरेको हो ।

क्वारेनटाइनमा बस्ने ब्यक्तिलाइ आवस्यक पर्ने खाद्यान्न स्थानिय सरकारले व्यवस्था गर्ने भएकोले घरमै क्वारेनटाइनको व्यवस्था नभएका र विदेशबाट आएकाहरुका लागि क्वारेनटाइनको व्यवस्था गरिएको वडाअध्यक्ष रामप्रसाद रेग्मिले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस अघि नै प्रत्येक वडामा हालै विदेशबाट आएकाहरुको लगत संकलन गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएको थियो ।

गाउँपालिकाले कोरोनाको आशंका लागेमा आवस्यक सहयोगका लागि आ–आफ्नो वडाअध्यक्ष मार्फत सम्पर्क गर्नका लागि अनुरोध गरेको छ ।

यसैबिच विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न गण्डकी गाउँपालिका वडा नम्बर ८ मा एक घर एक साबुुन र टोलटोलमा धारा सहितको वाल्टिन वितरण गरिएको छ । बिहिबार सम्म ९००वटा साबुन वितरण गरिएको वाडअध्यक्ष रेग्मिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology