Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

लक डाउनमा बाहिर निस्केको भन्दै प्रहरीले कुटपिट गर्दा एक युवाको मृत्यु


10.4K
Shares

लक डाउनमा बाहिर निस्केको भन्दै प्रहरीले कुटपिट गर्दा एक युवाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ।

लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले दुर्व्यवहार गर्ने गरेको छ। कतिलाई कुटपिट गरेको त केहीलाई उठबस गराएको भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

बुधबार त प्रहरीको कुटपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छर।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए। सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गर्‍यो। घाइते भएका उनलाई अस्पताल लैजाँदालैजाँदै मृत्यु भयो। उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन्।

प्रहरीले भने उनलाई हृदयघात भएर मृत्यु भएको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology