काठमाडौं, १२ चैत। कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते युएइबाट नेपाल आएको बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति युएइको सार्जाबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १०:९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलनमा ती युवक कतारबाट आएको भने पनि पछि स्वास्थ्य मन्त्रालयले एयर अरेबियाबाट आएको भन्दै सच्याएको थियो ।