कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका दुई जना नेपालीको मृत्यु भएको छ।
पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्।
अनिलको मृत्युबारे खगेन्द्रलाई पनि उनका माइला भाइले हङकङबाट जानकारी दिएका हुन्।
अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्थे भने उनका दुई छोरा र एक छोरी पनि उतै बस्छन्।
अनिल मधुमेहका रोगीसमेत रहेको उनका दाइ खगेन्द्रले बताए।
यसअघि बेलायतको लन्डनमा एकजना पूर्व गोर्खा सैनिकको कोरोना भाइरसबाट ज्यान गएको थियो।