गोरखा १२ चैत । गोरखाको भीमसेन थापा गाउँपालिका–७ ले वडा भित्रका नागरिकहरुलाई मास्क बितरण गर्न शुरु छ । बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम बढ्दै गएपछि वडाभित्र बसोबास गर्दै आएका नागरिकहरुलाई मास्क बितरण गर्न थालिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना भाइरसको त्रास बढ्दो छ, नागरिकहरुलाई कसरी सुरक्षित हुनसकिन्छ भन्नेछ ,उहाँले भन्नुभयो, उनिहरुमा जनचेतनासंगै घरघरमा पुगेर मास्क बितरण गर्न शुरु गरिएको हो । कार्यलयले वडासदस्यहरुमा मार्फत घरघरमा पुगेर प्रत्येक घरका गाउँमै नियमित बस्दै आएकाहरुलाई पहिलो चरणमा मास्क बितरण गरिसक्ने उहाँको भनाई छ ।
त्यस्तै वडासंगै जोडिएको वडा नम्बर अन्र्तगत साविकको बोर्लाङको डाँडागाँउ, अमला भन्ज्याङ, चण्डीथान लगायतका क्षेत्रमा पनि मास्क बितरण शुरु गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बजारमा मास्कको अभाव भएकाले आबश्यकता अनुसार बितरण गर्न समस्या भएकाले पहिलो चरणमा २ हजार मास्क बितरण गर्न शुरु गरिएको हो । वडा कार्यालयले दोस्रो चरणमा थप २ हजार मास्क बितरण गर्ने तयारी गरेको उहाँको भनाई छ ।