Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बोर्लाङमा बिेदेशबाट फर्किएकालाई अनिबार्य क्वारेन्टाइनमा बस्न वडा कार्यालयको निर्देशन


6K
Shares

बोर्लाङमा बिेदेशबाट फर्किएकालाई अनिबार्य क्वारेन्टाइनमा बस्न वडा कार्यालयको निर्देशन

गोरखा, ११ चैत । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा न ७ बोर्लाङ्गले बिदेशबाट फर्केकाहरुलार्इ सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । वडा कार्यालयले मङ्गलबार (आज) स्वास्थ्यकर्मी, बुद्धिजीवी लगायतको उपस्थितीमा बसेको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘बिदेशबाट र काठमाण्डौबाट आएकाहरुमा अलि बढि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम हुनसक्छ, त्यसैले उनिहरुलाइ अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौ’उहाले भन्नुभयो । सकेसम्म घरपरिवारबाट पनि टाढा र समाजका अन्य व्यक्तिहरु सङ्ग पनि १४ दिनसम्म घुलमिल नहुन आग्रह गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

बिदेशबाट फर्केका केही व्यक्तिहरु भने आएको दिनदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ‘संक्रमणको कुनै आशंका नभएपनी समाज र परिवारको स्वास्थ्यको ख्याल गर्दै उनिहरु १४ दिनसम्मका लागि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ’वडाध्यक्ष श्रेष्ठले भन्नू भयो । वडा कार्यालयले सबै पसलहरु बन्द गर्न भीडभाड नगर्न र घरबाट बाहिर ननिस्कन समेत निर्देशन दिएको छ ।

वडाले कोरोना रोकथामका लागि माइकिङ्ग गरेर सुसुचित समेत गराएको छ । वडा कार्यलयले भोलि २ हजार थान मास्क लगायत स्वास्थ्य सस्थामा साबुन समेत बितरण गर्ने उहाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology