Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विदेशबाट फर्केकालाई गाउँपालिकामा वाईफाई सुविधासहित ’क्वारेन्टाइन’, नबसे बल प्रयोग


2K
Shares

विदेशबाट फर्केकालाई गाउँपालिकामा वाईफाई सुविधासहित ’क्वारेन्टाइन’, नबसे बल प्रयोग

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई राख्नका लागि कास्कीको रुपा गाउँपालिकाले २० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।

गाउँपालिका वडा ५ स्थित विश्वशान्ति माविमा अस्थायी रुपमा निर्माण गरिएको क्वारेन्टाइनमा पहिलो दिन मंगलवार १३ जनालाई राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष ओझाले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारीबाट गाउँ फर्किएकाहरू सम्भावित कोरोना संक्रमित हुन सक्ने भएकोले सुरक्षार्थ क्वारेन्टाइन निर्माण गरिएको हो । पहिलो दिन मंगलवार मात्रै १३ जनालाई ल्याइएको छ । आउन नमान्नेलाई बल समेत प्रयोग गरिने छ ।’

क्वारेन्टाइनमा बस्नेहरू भारत, साउदी, दुबई, मलेसिया, कतार लगायत देशमा वैदेशिक रोजगारी गरी फर्किएकाहरू हुन् । उनीहरूलाई अबको १४ दिनसम्म त्यहीँ राखिने र नियमित स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

क्वारेन्टाइनमा वाईफाई, पिउनेपानी तथा टेलिभिजन सुविधा छ । खानपान र औषधी उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ ।

गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकीहरू चौबीसै घण्टा खुला हुने जनाइएको छ । उपचारका लागि अन्यत्र लैजानु परेपनि गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने छ ।

कास्कीमा पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुछ्रे, मादी र रुपासहित ५ वटा पालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology