Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सङ्घीय सरकारद्वारा जारी निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान


1.8K
Shares

सङ्घीय सरकारद्वारा जारी निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

जनकपुरधाम, चैत ११ मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र तीनवटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार रहेको उल्लेख गरिएको छ । उहाँले प्रदेशमा २५० आइसोलेशन श्यया तयारी अवस्थामा रहेको र थप आइसोलेशन श्ययाको लागि गृहकार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई रु ५०/५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रु पाँच लाख उपलब्ध गराइएको छ ।

उहाँले सामाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई रु १२ लाख, जिल्ला अस्पतालहरुलाई रु पाँच÷पाँच लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि रु १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रु पाँच लाख, जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई रु पाँच लाख, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि रु १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि रु १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि रु १० लाख, एकीकृत अनुगमनको लागि रु पाँच लाख, एम्बुलेन्स सेवाको लागि रु तीन लाख छुट्याइएको जानकारी गराउनु भएको छ । यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारीसँग लड्न विभिन्न तयारीका कार्यहरु गरेको र उपकरणहरुको अभाव रहेको अवस्थामा यस महामारीविरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण, मास्क, थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग माग गर्नु भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology