Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

धर्मको नाममा अफवाह फैलाउने पक्राउ


1.9K
Shares

धर्मको नाममा अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्बासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर ३२ वर्षीय केशब आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ राजकुमार केसीले जानकारी दिनुभयो ।
कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको केसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology