Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भरतपुरमा कोरोना अस्पतालमा राखिएका युवकको मृत्यु


2.2K
Shares

भरतपुरमा कोरोना अस्पतालमा राखिएका युवकको मृत्यु

चितवन ११, चैत । चितवनको भरतपुर स्थित कोरोना अस्पतालमा राखिएका एक जना विरामीको मृत्यु भएको छ। उपचारको क्रममा आज बिहान विरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो। उहाँको कोरोना संक्रमण वा अन्य कारणले भएको भन्ने बारेमा खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ।

चैत्र ९ गते साँझ यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर कोरोना अस्पताल पठाएको थियो। किड्नीका रोगी उहाँलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो। मृतक यादवको स्वाप थ्रो परिक्षणको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचान हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology