गोरखा ११, चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले लकडाउन उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्न शुरु गरेको छ । लकडाउनका बेला अत्यावश्यक बाहेक पनि सञ्चालन गरिएका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिन शुरु गरेको हो ।
सरकारले घोषणा गरेको लकडाउनको नियम उल्घंन गरेको भन्दै सदरमुकामको कालिमाटी बजार बजारबाट दजर्नौ मोटर साईकल र ठुला बस प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
मंगलबार बिहान ६ बजे देखी देशब्यापी रुपमा लक डाउन गरिएको भएता पनि केही उश्रृखल ब्यक्तिहरुले सवारी चलाउने प्रयास गरेकाले त्यस्ता ब्यक्तिलाई सम्झाई बुझाई सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्ष ओमप्रसाद अधिकारीले बताउनुभयो ।
प्रहरी दिउसो ११:३० बजे सम्म ३१ वटा मोटरसाईल र ३ साना चार पाङग्रे सवारी नियन्त्रणमा लिई सकेको छ । सवारी चेक जाँचलाई प्रभावकारी बनाउन प्रहरीले ठाउँठाउँमा चेक जाँच गरी रहेको छ ।