Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कोरोना संक्रमितसंगै नेपाल आएका भनिएका गोरखाका युवकको अबस्था सामान्य


3.1K
Shares

कोरोना संक्रमितसंगै नेपाल  आएका भनिएका गोरखाका युवकको अबस्था सामान्य

गोरखा ११, चैत- कोरोना संक्रमित १९ बर्षिय युवतीसंगै चैत ४ गते नेपाल आएका भनिएका गोरखाका एक युवकको अबस्था सामान्य रहेको छ । भीमसेन थापा गाउँपालिका–४ धावाका युवकको स्वास्थकर्मी सहितको टोली गरेको निगरानी तथा स्वास्थ्य परिक्षणका क्रममा अबस्aथा सामान्य रहेको पाइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

कोरोना संक्रमित युवतीसंगै कतार एयरवेज हुदै नेपाल आएको पुष्टी भएपछि आज बिहान स्वास्थ्यकर्मी सहितको टोली युवकको घरमै पुगेर स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएको उहाँले बताउनुभयोे । ‘घरमा पुगेर युवक सहित उहाँको परिवारको ज्वरो नाप्ने लगायतका परिक्षण भयो, खनालले भन्नुभयो, ‘अहिलेसम्म त्यस्तो केही लक्षण देखिएको छैन ।’

स्वाथ्यकर्मीको टोलीले युवकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको उहाँले बताउनुभयो । ‘परिवार र आफ्न्तसंग भेटघाट नगर्न र घरबाहिर ननिस्कन पनि भनेका छौ, खनालले भन्नुभयो, एयरपोर्टबाट बाहिरिदा क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता सहितको फारम पनि भरेकाले आबश्यक सवै निर्देशन दिएर टोली फर्किएको छ ।’ ति युवक पोर्चुगलबाट कतार हुदै नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology