Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कोरोना संक्रमित युवतीसंगै नेपाल आएका भनिएका गोरखाका युवकको निगरानी र स्वास्थ परिक्षण गरिदै


16.8K
Shares

कोरोना संक्रमित युवतीसंगै नेपाल आएका भनिएका गोरखाका युवकको निगरानी र स्वास्थ परिक्षण गरिदै

गोरखा ११, चैत । कोरोना संक्रमित १९ बर्षिय युवतीसंगै नेपाल आएका भनिएका गोरखाका एक युवकको स्वास्थ्य परिक्षणका लागि स्वास्थकर्मीको टिम परिचालन भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–४ का एक युवक युवतीसंगै एउटै प्लेनमा नेपाल आएको भनिए पछि युवकको खोजी गरी स्वास्थ्य परिक्षणको तयारी भएको हो । युवकको स्वास्थ्य अबस्था बुझ्न स्वास्थकर्मीको टोली उनकै घरमा पुगेको भीमसेन थापा गाँउपालिका स्वास्थ शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

उनि कतार एयरवेजबाट नेपाल आएका थिए । युवतीमा कोरानो संक्रमणको पुष्टी भएपछि उनिसंगै आएका सवै यात्रुहरुको ट्रयाकिङ शुरु गरिएको थियो । सो क्रममा गोरखाका युवक पनि आएको पुष्टी भएको थियो । उनि चैत ४ गते नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology