Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अकला मन्दिरमा पूजाआजा रोक


1.9K
Shares

अकला मन्दिरमा पूजाआजा रोक

स्याङ्जा, ११ चैत (रासस) : वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको अकलादेवी मन्दिरमा हुँदै आएको पूजाआजा रोकिएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट विश्व त्रसित भइरहेका बेला मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा सङ्क्रमण फैलिन सक्ने भन्दै मन्दिरमा हँुदै आएको पूजापाठ दर्शनलगायतका सबै काम बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीय भविराज गुरुङले अहिलेको सङ्क्रमणको अवस्थामा मन्दिरमा पूजाआजा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भएकाले केही समयका लागि रोकिएको जानकारी दिनुभयो । निकै चर्चित रहेको अकला मन्दिरमा दर्शन गर्नका लागि देशबाट मात्रै नभएर छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । गारो अप्ठ्यारो परेका बेला ती कन्या अकलादेवीलाई भाकल गर्ने र आफ्नो भाकल पूरा भएपछि भेटी लिएर मन्दिरमा देवीको दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

 

मन्दिरमा तीन मूर्ति छन् । ती तीनवटा शिलाका मूर्तिलाई ती कन्या भनिन्छ भने प्रसूति अवस्थामा रहेका मूर्ति पनि देख्न सकिन्छ । धार्मिक किंवदन्तीअनुसार देवी प्रश्रव पीडामा छट्पटाइरहेका बेला त्यस ठाउँमा आइपुग्दा बिहानपख उज्यालो भएको सङ्केतस्वरूप कुखुराको भाले बासेकाले देवी प्रसूति हुन नसकेर बीचैमा अड्किएकाले यस मन्दिरको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाका बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology