Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज बिहानैदेखि गोरखा बजार ठप्प


12.1K
Shares

आज बिहानैदेखि गोरखा बजार ठप्प

गोरखा ११,चैत । सरकारले मंगलबार बिहान ६ बजेदेखि घोषणा गरेका नेपाल लकडाउनका कारण गोरखा बजार ठप्प बनेको छ । गोरखा जिल्लाभर भित्रने र बाहिरीने सवारी साधनहरु बन्द भएका छन् भने जिल्लाभर पसल बजार कलकारखना सवै बन्द भएका छन् । सदरमुकामको मुख्य सडकमा मानिसहरु निस्एिकका छैनन् ।

निस्किएकाहरुलाई प्रहरीले चेकजाँच गरी अत्यावश्यक भए आवतजावत गर्न दिएको छ भने अत्यावश्यक नभएकालाई घर मै बस्न भन्दै फकाईएको छ । त्यस्तै बजार क्षेत्रमाा औषधी पसल, खाद्यान्य पसल, पानी तरकारी लगायतका पसलहरु खुलेका छन् भने एम्बुलेन्स, सुरक्षाकर्मी प्रेसका गाडीहरु मात्र सडकमा देखिएका छन् ।

कसैले निधेष उल्लधन गरे कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । सरकारले निर्णय भएकाले त्यसको कार्यान्वयनका लागि सुरक्षाकर्मी लागि परेको छ । निषेध उल्लधन गरी सवारी चलाएरमा सवारी साधन नियन्त्रण लिइने र आबश्यक कारवाही हुने प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology