काठमाण्डौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि चीनबाट चिकित्सा सामग्री ल्याउने प्रयास गरिरहेको बताउनु भएको छ । सोमबार ट्विटरमार्फत राजदूत होउले चीन नेपालीहरुको साथमा रहेको भन्दै नेपालीहरुलाई एक्लो हुन नदिने बताउनु भएको छ ।
हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं, उहाँले लेख्नु भएको छ । नेपालले यसअघि नै चीन र भारतसँग स्वास्थ्य सामग्री मागिसकेको छ। नेपालले चीनसँग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्स लगायत उपकरण माग गरेको छ।
आफ्नो देशमा कोरोना भाइरस संक्रमण जियन्त्रणमा लिन सफल भएको चीन अहिले यूरोप र एशियाका देशहरूमा यो प्रकोप नियन्त्रणमा लिन सहयोग गरिरहेको छ।
इटाली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।