Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा लकडाउन : अत्यावश्यक बाहेक घरबाट निस्किए कारवाही


7K
Shares

गोरखा लकडाउन : अत्यावश्यक बाहेक घरबाट निस्किए कारवाही

गोरखा १०, चैत । बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को फैलन सक्न भन्दै गोरखा जिल्ला लक डाउन गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्लाभर मंगलबारदेखि अत्यावश्यक बाहेका सवै सवारी साधन, पसल अनिबार्य बन्द गर्न प्रसासनले सोमबार सूचना जारी गरी निर्देशन दिएको हो ।

प्रसासनले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार जिल्ला भित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन समेत नागरिकहरुलाई प्रसासनले अपिल गरेको छ । त्यस्तै औषधी र खाद्य सामाग्री बाहेकका अन्य कुनैपनी पसल नखोल्न पनि जिल्ला कार्यालय सूचना जारी गरि आग्रह गरेको हो ।

प्रसासनको आग्रहलाई वेवास्ता गरिए कानुन बमोजिम कारवाही गर्ने उल्लेख गरिएको छ । यता गोरखा उद्योग बाणिज्यसंघले पनि आजै एक सूचना प्रकाशन गरि अत्यावश्यक बाहेकका सवै पसल, कलकारखना बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले आजैदेखि लागूहुने गरि सदरमुकाम लगायतका सवै ठाउँका पसलहरु बन्द गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology