गोरखा १०, चैत । गोरखा जिल्ला जिल्लाभर भोलीदेखि औषधी र दैनिक उपभोग्य पसलबाहेक अन्य पसलहरु बन्द हुने भएका छन । कोरोना भाइरस (कोडिभ १९) को संक्रमण हुन सक्ने भन्दै गोरखा उद्योग बाणिज्य संघले आज एक विज्ञप्ती प्रकाशित गर्दै मंगलबारबाट अत्यावश्यक बाहेका अन्य सवै पसलहरु अनिबार्य रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष जिवन ज्योति श्रेष्ठको अध्यक्षतामा संघको कार्य समितिको बैठकले नेपाल सरकारले आवहन र स्थानिय सरकारको अनुरोधलाई मध्यनजर गर्दै अत्यावश्यकीय सेवा तथा बस्तु बाहेकका जिल्ला भित्र सञ्चालित उद्योगधन्दा, कलकारखाना, ब्यापार, ब्यवसाय आजकै मितिदेखि चैत्र २१ गतेसम्म बन्द गर्न अनुरोध गरेको हो ।

यो निर्णय संगै अब जिल्ला भित्र सञ्चालित दैनिक उपभोग्य बस्तुका पसल र औषधी पसल बाहेक सबै बन्द हुने उद्योग बाणिज्य संघ गोरखाले जनाएको छ ।