Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा अत्यावश्यक बाहेकका सवारी नचलाउन र पसल सञ्चालन नगर्न प्रसासनको निर्देशन (बिज्ञप्ती सहित)


4K
Shares

गोरखामा अत्यावश्यक बाहेकका सवारी नचलाउन र पसल सञ्चालन नगर्न प्रसासनको निर्देशन (बिज्ञप्ती सहित)

गोरखा १०, चैत ।  जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्र अत्याबश्यक बाहेका सवै यात्रु बाहक सवारी साधन तथा पसलहरु बन्द गर्न निर्देशन दिएको छ । बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा भित्र एक जना संक्रमित भेटिएपछि कार्यालय स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आजैदेखि जिल्ला भित्रका अत्याबश्यक बाहेका सबै पसलहरु बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयका सूचना अधिकारी हर्कबहादुर रोकाद्धारा जारी बिज्ञप्तीमा अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन, जिल्ला भित्रका औषधी तथा खाद्यान्य पसल बाहेकका सवै पसलहरु अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा आबश्यक परिस्थिती बाहेक घरबाहिर ननिस्कन समेत अनुुरोध गर्दै उपरोक्त बमोजिमको निर्देशन बिपरितको क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology