Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा अस्पतालमा चैत २१ गतेसम्मका लागि ओ.पि.डी सेवा बन्द


8.5K
Shares

गोरखा अस्पतालमा चैत २१ गतेसम्मका लागि ओ.पि.डी सेवा बन्द

गोरखा १०, चैत । गोरखा अस्पताल गोरखाले आजदेखि ओ.पि.डी सेवा बन्द गरेको छ । अस्पतालले सूचना जारी गरी कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी अस्पतालबाट नियमित प्रदान गर्दै आएको ओ.पि.डी सेवा चैत २१ गतेसम्मका बन्द गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयका आधारमा कोरोना भाइरसको बढ्दो संक्रमणबाट हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्नुपर्ने भएकाले अस्पतालबाट प्रदान गर्दै आएको सेवा तत्कालका लागि स्थगित गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटण्डेण्ट डाक्टर नबिन थापाले बताउनुभयो ।

जस अन्र्तगत अस्पतालले प्रदान गर्दै आएको मानसिक स्वास्थ्य, फिजियोथेरापी, पोषण, परिवार नियोजन, दन्तसेवा आदि सेवा बन्द हुने जनाइएको छ । त्यसै अस्पतालले तत्काल उपचार नगर्दा हुने समस्याका लागि २ हप्तासम्म अस्पताल नआउन पनि सवैलाई आग्रह गरेको छ ।

अस्पतालले ज्वरोको लक्षण भएका बिरामीहरुलाई फिवर क्लिनिकबाट नियमित उपचार गर्ने जनाउदै, दिर्घरोगी जस्तै मधुमेह, उच्चरक्तचाप, दम आदीका रोगीहरुलाई आफुले खाएको औषधी नियमित रुपमा घरमै बसेर सेवन गर्न पनि आग्रह गरेको छ । आकस्मिक उपचारका लागि भने अस्पताल २४ घण्टा खुल्न रहने डा थापाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology