Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

काठमाण्डौमा एक युवतीमा कोरोना संक्रमणको पुष्टी : स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मलेन


1.9K
Shares

काठमाण्डौमा एक युवतीमा कोरोना संक्रमणको पुष्टी : स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मलेन

काठमाडौँ १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाली आएकी एक युवतीमा कोरोनाको संक्रमण भेटिएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गरि काठमाण्डौमा एक युवतीमा कोरोनाको संक्रमण भएको पुष्टी भएको जानकारी दिनुभयो ।

चैत ४ गते नेपाल आएकी ति युवतीको रिपोर्ट हिजो पोजेटिभ आएको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिनुभयो । उताबाट आएपछि उनी आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले बताउनुभयो

अहिले ती युवतीको परिवारका सबै सदस्य र उनीसँग भेटघाट गरेका सबैलाई होम क्वारेन्टाइनमा राखिएको पनि उहाँले बताउनुभयो । उसंक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि मन्त्री ढकालले बताउनुभयो । युवतीसँगै विमानमा कोको आएका थिए भन्नेबारे ट्रयाक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology