काठमाडौँ — बिरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नभएको पुष्टी भएको छ । कोरोनाको आंशकमा आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका व्यवसायी रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको हो ।

पटना मेडिकल कलेज अस्पतालले आज उहाँको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।