Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनी दुर्घटना अपडेट :भीरमा अड्किएको अबस्थामा थप २ जनाको शव फेला, मृतकको संख्या ३ पुग्यो, उद्धार कार्यजारी


3.2K
Shares

आँबुखैरेनी दुर्घटना अपडेट :भीरमा अड्किएको अबस्थामा थप २ जनाको शव फेला, मृतकको संख्या ३ पुग्यो, उद्धार कार्यजारी

गोरखा ९ चैत । तनुहँको आबुखैरेनी स्थित ऐनापार्क नजिकै अघि सांँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेका संख्या ३ पुगेको छ । करिब ६:१५ बजे पोखराबाट चितवन तर्फ जादैँ गरेको बस मस्याङदी नदीमा खसेको हो । दुर्घटनामा क्रममा २ जनाको शव भीरमा अड्किएको अबस्थामा फेला परेको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

बसमा ३० भन्दा बढि यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । दुर्घटना परी एक पूरुषको घटनास्थलमै मृत्यु भईसकेको छ भने बाँकीको उद्धारको काम भईरहेको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

ना ५ ख ४२९४ नम्बर यात्रुबस दुर्घटनामा परेको हो । घटनाको थप बिबरण अझै प्राप्त हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology