Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चल्न रोक


1.7K
Shares

भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चल्न रोक

नागरिक सवाल संवादाता

काठमाण्डौं ९, चैत । सरकारले भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक सवारीलाई चल्न गर्न रोक लगाएको छ । सोमबारबाट लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएने निर्णय संगै अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान नपाउने भएको हो । सरकारले कोरोना भाइरसको प्रकोप फैलन सक्ने भएका यस्तो निर्णय लिएको हो ।

सरकारले लामोदुरीमा सवारी साधन रोक लगाउने भनेपनी त्यो एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन नपाउने भनिएको हो । संघिय राजधानी काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने लोकल सवारी साधन चल्ने छ । त्यस बाहेकका अरु जिल्लामा भने एक जिल्लााट अर्को जिल्लामा सवारी आवातजावत गर्न नपाउने भएको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो नियम लागु हुने यातायात व्यवस्था विभागले जनाएको छ । कार्यालयका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चलाउन पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology