Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने


1.5K
Shares

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

काठमाडौं ९, चैत । सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाईहरुलाई सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी छात्रबृतिमा अध्ययन गरि डाक्टर बनेकाहरुलाई कोरोना भाइरस रोकथामका लागि खटाउन आबश्यक प्रक्रिया शुरु गर्नुभएको हो ।

मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी त्यस्ता प्रकारका डाक्टरहरुलाई आबश्यकता अनुसार परिचालन गर्न आग्रह समेत गरेको छ । पत्रमा छात्रवृत्तिमा एमबीबीएस र एमडी र एमएस अध्ययन सकेका डाक्टरलाई आवश्यकता अनुसार परिचालन गर्न भनिएको छ।

हाल काम गरिरहेको भएपनि न्युनतम समस्या नहुने गरि परिचालन गर्न मन्त्रालय पत्रमा प्रदेश सरकारलाई आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology