काठमाडौं ९, चैत, । रामेछापमा एयर समिटको जाहाज आज आकस्मिक अबतरण गरिएको छ । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाजको एउटा इन्जिन फेल भएपछि आकस्मिक अवतरण गरिएको हो ।
चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो ।
जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको हो ।
यात्रुलाई तारा एयरले लुक्ला लगिसकेको छ । जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गर्नेछ । त्यसपछि मर्मत गरी उडानयोग्य बन्ने छ ।