गोरखा ९ चैत । जिल्ला सुरक्षा समिति गोरखाको बैठकले चैते देशैको अबसरमा गोरखा दरबारमा रहेको कालिका मन्दिरमा हुने बिशेष पुजा बाहेकका सवै पुजा रोक्ने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतमा बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्न सक्ने भएको दरबारमा हुने सवै पुजा रोक्ने निर्र्णय गरेको हो ।
पुजा रोक्न गोरखा नगरपालिका गोरखाले आबश्यक व्यवस्था मिलाई सकेको जिल्ला प्रसासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभयो ।
सुरक्षा समितिको बैठकले गोरखा दरबार हेरचाह अड्डालाई पनि पुजा रोक्न निर्देशन दिएको जनाइएको छ । त्यस्तै जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्रका सवै स्थानीय तहहरुलाई चैते दशैको अबसरमा कुनैपनि मेला पर्व नगर्न गराउनु आग्रह गरेको छ ।
