गोरखा ९ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम हुने भन्दै एकै ठाउँमा २५ जना भन्दा बढीलाई सहभागी नहुन निर्देशन दिएपनि गोरखाका बैंक तथा बिद्युत महसुल केन्द्रमा भने ग्राहक भीड देखिएको छ । गोरखा सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैंकमा पेन्सन बुझ्ने र पैसा झिक्ने ग्राहकको भीड बढेको हो ।

गोरखा सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैकंको कार्यालयमा आईतबार ग्राहकहरुको भीड
सम्बन्धित निकायले ग्राहाकहरुमा चुस्तदुरुस्त सूचना प्रवाह गर्न नसक्दा मानिसको भीड झनै बाक्लिएको हो । त्यस्तै १२ दिनसम्म यातायातका साधान समेत बन्द हुने जानकारी सरकारले गराएपछि नागरिकहरुमा दैनिक उपभोग्य बस्तुको जोहो गर्न आतुर गर्दा पनि भीडभाड बढि भएको हो । यद्देपी सरकारले अहिलेसम्म लामोदुरीका सवारी साधन मात्र बन्द गर्ने घोषणा गरेको छ ।

गोरखा सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैकंको कार्यालयमा आईतबार ग्राहकहरुको भीड
सरकारले गरेको घोषणा अनुसार लामोदुरी भन्नाले एक जिल्लाबाट अर्कोे जिल्ला र एक शहरबाट अर्कोे शहरमा यातायात सञ्चालन गर्न रोक लगाइएको हो । बैकिङ कार्यालयहरु बन्द हुने डरले ग्राहकहरु बैंकमा पैसा झिक्न लाम लागेका हुन् । कोरोना भाइरस फैलन सक्ने भएकाले एक ठाउँमा भेला नहुन, जमघट नगर्न भनेपनि गोरखा सदरमुकाममा बित्तिय संस्थाहरुमा मानिस भीड बढ्दा जोखिम झनै बढेको छ ।

बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रमा महसुल तिर्न पुगेका ग्राहकको भीड
यता नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रमा बिद्युतको महसुल तिर्ने ग्राहकको लाईन उस्तै छ । कार्यालयमा बिद्युत महसुल तिर्न पुगेका ग्राहकहरुलाई कार्यालयले सेनिटाइजर लगाएर मात्र कार्यलय भित्र प्रवेश गर्न र महसुल तिर्ने व्यवस्था मिलाएको छ । नागरिकहरु पर्याप्त सूचनाको अभाव हुदा भीडभाड झनै बढेको हो । तस्विर : मनोज श्रेष्ठ