गोरखा ९ चैत । तनहुँको घाँसी कुवामा आइतबार (आज ) बिहान भएको बस दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी गोरखा नगरपालिका ८ घर भई तनहुँको शुक्ला नगरपालिका–२ बस्दै आएकी अन्दाजी २६ बर्षिय शर्मिला ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले जनाएको छ ।
व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहान करिब साढे ६ बजे बस दुर्घटनामा परेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०० नम्बरको बस घाँसीकुवामा अनियन्त्रित भई भित्ता ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।