Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा जिल्ला भित्रने र बाहिरीने ४ सय भन्दा बढी सार्वजानिक यातायात भोलीदेखि ठप्प हुने


6.3K
Shares

गोरखा जिल्ला भित्रने र बाहिरीने ४ सय भन्दा बढी सार्वजानिक यातायात भोलीदेखि ठप्प हुने

गोरखा ९ चैत । सरकारले कोरोना सम्भावित संक्रमणसंग जुघ्ने तयारीका साथ लामोदुरीका सवै सवारी साधन बन्द गर्ने निर्णय गरेसंगै भोलीदेखि गोरखा जिल्ला भित्रने र बाहिने गरि करिब ४ सय वटा सार्वजनिक सवारी साधन नचल्ने भएको छ । बिश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को नेपालमा संक्रमण फैलन नदिन सरकारले अत्याबश्यक बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

कोरोनाको प्रभाव नेपाल भित्र पनि पर्न सक्ने भएकाले गोरखा जिल्ला भित्रका यातायात ब्यवसायीहरुले सरकारको निर्णय अनुसार नै सोमबारदेखि केही दिनका लागि सार्वजनिक यातायात पुर्ण रुपमा बन्द गराउन लागेको हुन् । ‘हामीले आग्रह गरेका थियौ, यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर सरकारलाई गर्न तयार रहेको बताएका छन्, गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो। , ‘हामीले सर्व साधारण जनतालाई जहाँ छौ त्यही बस्नु भनेका छौ, यातायात पूर्ण रुपमाबन्द हुदा यसले झनै सहयोग पुग्नेछ ।’

जिल्लामा सञ्चालित पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सोमबार (आज) दिउसो वैठक गरेर जिल्ला भित्र र जिल्ला बाहिर जाने आउने सबै सार्वजनिक यातायातलाई तत्कालकौ लागि स्थगितको निर्णय गर्ने जनाएको छ । गोरखा प्रतिनिधी राजन ढुङ्गानाका अनुसार गोरखा सदरमुकाम भएर पोखरा, काठमाण्डौं, नारायणगढ विरञ्गज, भैरहवा, टाढी, खोले सिमल, चैनपुर, वेसिशहर र गौर जाने माईक्रो र ठुला सवारीलाई तत्कालको लागि सेवा स्थगित गर्न लागेको बताउनुभयो। यस अन्तरर्गत बस र मिनि बस गरी ८४ वटा सवारी सञ्चालनमा छन । त्यस्तै गरी जिल्लामा सेवा दिदै आएको दरौदी यातायात सेवा प्रा.लिले पनि सोमबारदेखि नै जिल्ला भित्र र बाहिर जाने यात्रुबाहक सबारी साधन बन्द गर्ने तयारी गरिरहेको छ ।

गोरखा सदरमुकाम हुदै अधिकाशं ग्रामिण सडकहरु भच्चेक, बारपाक, सौरपानी, पाल्खु, खारचोक भञ्ज्याङ, आरुर्खेत, सोती, आरुघाट, धावा, बोर्लाङ, घाटबेशी, नामजुङ, फुजेल, बतासे, मनकामना र जिल्ला बाहिर जाने काठमाण्डौ, नारायणगढ र पोखराका सबै यात्रुबाहक सवारीलाई तत्कालको लागि स्थगित गर्न लागिएको हो । दरौदी यातयात सेवा प्रालि अन्रतर्गत जिल्लामा ३२५ वटा यात्रुबाहक सवारी सञ्चालन हुदै आएको छ । उता जिल्ला भित्र ट्याक्सी सेवा दिदै आएको मनकामना यातायात सेवा प्रालिले पनि आजै वृहत्त वैठक गरी सेवा स्थगित नगरे पनि घर घरमा नै रहेर सेवा दिन आग्रह गर्ने सचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology