काठमाण्डौं । काठमाण्डौंको टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले थप जनशक्तिको माग गरेको छ । अस्पतालमा बिरामी चाप बढ्न सक्ने अबस्थालाई ध्यानमा राखी थप जनशक्ति माग गरेको हो ।
अस्पतालले ४४ जना स्वास्थ्यकर्मी करारमा माग गरेको सूचना प्रकाशन गरी जनाएको छ । कोरोना भाइरस सम्भावित संक्रमितको उपचार गर्न जनशक्ति आबश्यक पर्न सक्ने भएकाले जनशक्ति माग गरिएको हो ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो।
माग गरिए अनुसार कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ अधिकृत ४ र स्टाफ नर्स २६ जनाको माग गरिएको छ ।