Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

खरिपाटीमा ६७ जना नेपाली क्वारेन्टाइनमा


1.7K
Shares

खरिपाटीमा ६७ जना नेपाली क्वारेन्टाइनमा

काठमाण्डौं । सरकारले विभिन्न प्रतिबन्धित मुलुकबाट आएका ६७ जना नेपालीलाई शनिबार भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ। ६४ जनालाई राखिएकोमा राति १ बजे थप तीन नेपालीलाई फेरी खरिपाटी पुर्याइएको नेपाली सेनाका महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरु मध्ये तीन जनालाई राति एम्बुलेन्समा खरिपाटी पुर्याइएको थियो।

शनिबार नै जापान, मलेसिया र युएईबाट आएका ६२ जना नेपालीलाई क्वारेन्टाइनको लागि खरिपाटी लगिएको थियो। पछि फेरी दुई जनालाई क्वारेन्टाइनको लागि पठाइएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिनुभयो । अध्यागमनले प्रतिबन्धित मुलुकबाट यात्रु ल्याइएको भन्दै उनीहरूलाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको हो।

उनीहरूलाई थाइ एयर र एयर इन्डियाको विमानले काठमाडौं ल्याएको हो। शनिबार नै सिल्क एयरको विमानले प्रतिबन्धित मुलुकबाट आएका ३ यात्रु ल्याएपछि विमानस्थलमा झण्डै अलमल भएको थियो। तीनघण्टापछि मात्र जहाजबाट यात्रुलाई ओर्लिन दिइएको थियो। सुरुमा जहाजलाई फिर्ता पठाउने निर्णय भएपनि यात्रुहरूले प्रतिकार गरेपछि पर्यटन मन्त्री योगेश भट्टराईको परामर्शमा यात्रुलाई झर्न दिइएको थियो।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख आचार्यले तत्काल ८५ यात्रुमध्ये तीन जनालाई क्वारेन्टाइनको लागि खरिपाटी पठाएको जानकारी दिनुभयो । एकजना नेदरल्यान्डबाट आएका र दुईजना जापानबाट आएका नेपालीलाई एम्बुलेन्सबाट क्वारेन्टाइनको लागि खरिपाटी पठायौं आचार्यले भन्नुभयो, ‘बाँकी यात्रुलाई भने सेल्फ क्वरेन्टाइनमा बस्नु भनेर घर पठायौं। सरकारले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी खाडी मुलुक, जापान, मलेसिया, इरान र युरोपबाट आउने नेपालीसहित सबै यात्रुलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

सो घोषणा अनुसार ती मुलुकबाट अन्य कुनै पनि मुलुकलाई ट्रान्जिट बनाएर आउनेलाई पनि सो प्रतिबन्ध लाग्छ। तर प्रतिबन्धित मुलुकबाट निर्वाध रूपमा शनिबार ६७ यात्रुलाई नेपाल आए। आइतबार राति १२ बजेदेखि चैतको १८ गते १२ बजेसम्म सरकारले सबै अन्तर्राष्ट्रिय उडानलाई प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology