गोरखा ८ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले महिला समुहहरुका लागी लक्षित गरि बिभिन्न सामाग्री बितरण गर्न शुरु गरेको छ । गाउँपालिकाले पालिकाको बारपाक, ताकुकोट, पन्द्रुङ र सौरपानीमा महिलाहरुलाई बैठक, अफिस सञ्चालनका लागि टेवल, कुर्सी लगायतका सामाग्री बितरण गरेको उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिनुभयो ।
‘पालिकाले चालु आर्थिक बर्षमा महिलाहरुका बिभिन्न कार्यक्रमहरुका लागि बजेट बिनियोजन गरेको छ, उहाँले भन्नुभयो, त्यस अन्र्तगत समुहलाई लुगा सिलाउने मेसिन, कुर्सी, अफिस टेवल, बितरण गरिएको हो ।’
कार्यक्रमका लागि रु १५ लाख बजेट बिनियोजना भएकोमा प्रत्येक वडाका पर्ने गरी सामाग्री बितरणको तयारी भईरहेको उहाँको भनाई छ । ‘केही वडामा सिलाई तालिमको पनि माग आएको छ, उहाँले भन्नुभयो, कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले ३ महिने तालिम सञ्चालन गर्ने या नगर्ने भन्नेमा अन्यौल भईरहेको छ ।’
उपाध्यक्ष गुरुङ पहिलो बितरण गर्न बाँकी रहेका वडाहरुमा छिट्टै सामाग्री बितरण गरिने जानकारी दिनुभयो । ‘अहिले माग धेरै आएको छ, तर बजेट भ्याएसम्म उपलब्ध गराउछौ, उहाँले भन्नुभयो, देउराली, स्वाराँ, लाकुरीबोट, माझँगाउँ, कुलापनी लगायतका क्षेत्रका महिला समुहबाट पनि माग भएको छ, उहाँहरुलाई प्राथामिकताका आधारमा दिने तयारी भईरहेको छ ।