एजेन्सी : उत्तर कोरियाले फेरि मिसाइल हमला गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरस महामारी फैलिरहँदा उत्तर कोरियाले दुईवटा मिसाइल आक्रमण गरेको हो ।
कोरियाली समुद्रको पूर्वी किनारतिर लक्षित गरी उत्तरले मिसाइल हानेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यही महिनामा उत्तर कोरियाले दुई मिसाइल आक्रमण गरिसकेको थियो ।
यस पटक छोटो दूरीका मिसाइल हानेको बताइएको छ । अमेरिकासँग उत्तर कोरियाको परमाणु वार्ता निश्कर्षमा नपुग्दै मिसाइल हमला गर्दैआएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा उत्तर कोरियामा भने संक्रमित भेटिएका छैनन् ।