जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि हिजो शव बरामद भएको बारा प्रहरीले जनाएको छ।
शवसँगै उहाँको न ५५प ४६७८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उहाँको खल्तीमा २० रुपैयाँ मात्र नगद भेटिएको घटनास्थल पुगेका प्रहरीले जनाएको छ ।
शव संकास्पद इलाका प्रहरी कार्यालय कोल्बीको टोलीले घटनास्थल शव जाँच प्रकृति मुचुल्का तथा अनुसन्धानमा दुवै हात बाधिँएको अवस्था पाइएको जनाएको छ।
सुतरी र गहुँको हरियो छ्वालिले बाँधेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले जानकारी दिनुभयो।
घटनाबारे अनुसन्धान गर्न जटिल भएकोले बारा जिल्ला स्वास्थ्यका फोरेन्सिक ल्याबका प्राविधिक टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ।