काठमाण्डौं ८ चैत । मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी बन्दै गएको एक अध्ययनले देखाएको छ ।
चीनको नेशनल सेन्टर फर बायो टेक्नोलोजी डिभलपमेन्टले गरेको सो अध्ययन अनुसार चीनमा गरिएको क्लिनिकल टेस्टमा यो औषधीले कोरोना संक्रमित विरामीमा ज्वरो कम गर्न तथा फोक्सोको सञ्चालनमा सुधार गर्नुका साथै विरामीको निको हुन लाग्ने समयमा निकै कम भएको पाइएको हो ।
क्लोरोक्वीन फस्फेटलाई विगत ७० वर्ष अघिदेखि विश्व स्वास्थ्य संगठनले अतिआवश्यक औषधिको सूचीमा राखेको र यसलाई निकै सुरक्षित र स्वास्थ्य प्रणालीमा निकै प्रभावकारी औषधिका रुपमा लिदै आएको छ ।
क्लोरोक्वीन प्रयोग गरिएको विरामीमा ज्वारोको मात्रामा तथा फोक्सोको सिटिस्क्यान तस्बीरमा निकै सुधार हुनुका साथै भाइरल न्यूक्लिक एसिडमाको जाँचमा धेरै विरामीमा निकै सुधार भएको पाइएको अध्ययनले देखाएको छ ।
साथै, सो औषधि प्रयोग गरिएका विरामी छोटो समयमा निको भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले हालै उक्त औषधि कोरोना भाइरसविरुद्ध प्रयोग गर्न पाउने अनुमति दिनुभएको छ ।