Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लायन्स क्लब अफ गोरखाको बर्ष २०२०/०२१ को अध्यक्षमा श्रेष्ठ चयन


1.5K
Shares

लायन्स क्लब अफ गोरखाको बर्ष २०२०/०२१ को अध्यक्षमा श्रेष्ठ चयन

गोरखा ८, चैत । लायन्स क्लव अफ गोरखाको बर्ष २०२०÷२०२१ को अध्यक्षमा श्यामबावु श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । क्लबको सदरमुकाममा शनिबार सम्पन्न भएको भेलाले श्रेष्ठलाई सर्ब सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

भेलाले क्लबको प्रथम उपाध्यक्ष चन्दबावु खत्री, द्वितिय उपाध्यक्षमा लक्ष्मणबावु आचार्य र तृतिय उपाध्यक्षमा भगवानबावु मास्केलाई सर्वसम्मत चयन भएको लायन्स क्लव अफ गोरखाले जनाएको छ ।

त्यस्तै गरी भेलाबाट क्बलको सचिवमा सुजन कुवर, कोषाध्यक्षमा अयोध्या जोशी, मेम्बरसिप चियर पर्सनमा सन्देश मास्के, क्लव सर्भिस चियर पर्सनमा शरद श्रेष्ठ र क्लब मार्केटिङ कम्युनिकेशन चियर पर्सनमा गोबिन्दबहादुर गुरुङ्गलाई सर्व सम्मत चयन भएका छन ।

त्यस्तै गरी एलसिआईएफ कोर्डिनेटरमा श्रवणकुमार जोशी, क्वल एडमिनिस्ट्रेसन अफिसरमा धिरजबहादुर मास्के, डाइरेक्ट द्वयमा कपिलबावु अर्याल र सित्तलकाजी मास्के र लियो सलाहकार श्यामबावु जोशी चयन भएको क्लबले जनाएको छ ।

नव निर्वाचित समितिले समितिले आउदो जुलाई १ तारिख अर्थात २०७६ साल असार १७ गते बाट कार्यभार सम्हाल्ने अध्यक्ष अच्यूतलाल श्रेष्ठ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology