गोरखा, ८ ,चैत । गोरखाको शहिद लखन गाउँपालिका– ९ नाम्जुङ्ग स्थित श्री सरस्वती आधारभुत बिद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ । पौरखी युवा क्लवका अध्यक्ष समेत रहेका स्थानीय प्रकाश लामिछानेले उक्त बिद्यालयलाई दुई थान ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।
बिद्यालयको प्रशासनिक काममा सहयोग पुगोस भन्ने उद्देस्यले बिद्यालयलाई ल्यापटप उपलब्ध गराएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । प्रधानाध्यापक ऋषि लामिछानेले ल्यापटप बिद्यार्थीको प्रविधिक ज्ञान बृद्धि बिकासमा प्रयोग गरिने बताउनुभयो ।
प्रधानाध्यापक लामिछानेले ल्यापटपले बिद्यालयमा बिभिन्न रेकर्ड राख्नदेखि अन्य काममा सजिलो हुने बताउनुभयो । बिद्यालयलाई ल्यापटप सहयोग गरेको भन्दै प्रधानध्यापक लामिछानेले अध्यक्ष लामिछानेलाई धन्यबाद समेत दिनुभयो ।