काठमाडौं । नेपाली काँग्रेसले क्रियाशिल सदस्यता बितरण र नविकरण रोक्ने निर्णय गरेको छ । फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नविकरण शुरु गरेको काग्रेसले तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको प्रबक्ता बिश्वप्रकाश शर्माद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा अहिलेका लागि जनतामा कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने काग्रेसले जनाएको छ । काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो ।
पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी बिज्ञप्ती मार्फत जानकारी दिनुभयो ।