काठमाण्डौं । कोरोना महामारी फैलिएपछि दुबईबाट घर फर्किने क्रममा विमान छुटेका कारण भारतको दिल्लीमै रोकिएका २८ नेपाली आज (शनिबार) नेपाल आइपुग्ने भएका छन् ।
कोरोना संक्रमण नियन्त्रणअन्तगर्त भारतले लामो प्रक्रियाको सुरक्षा तथा स्वास्थ्य जाँच गर्ने क्रममा नेपाल उड्ने एयर इन्डियाको विमान छुटेपछि शुक्रबार ती २८ नेपाली दिल्लीमै रोकिएका थिए ।
अब उनीहरूलाई आज शनिबार बिहान काठमाडौं ल्याउने व्यवस्था मिलाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले उनीहरूलाई शनिबार बिहानको नियमित उडानबाट स्वदेश फिर्ता गर्ने सहमति भएको जानकारी दिएका छन्।