Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना नियन्त्रणका लागि नेपाल भारत बार्ता :सीमा नाका प्रभावकारी बनाउन सहमती


2.6K
Shares

कोरोना नियन्त्रणका लागि नेपाल भारत बार्ता :सीमा नाका प्रभावकारी बनाउन सहमती

काठमाण्डौ, ८ चैत । कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमण फैलन नदिन नेपाल र भारत सरकार बिच टेलिफोन बार्ता भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरबीच शुक्रबार साँझ बार्ता भएको हो ।

बार्तामा कोभिड १९ को संकट नियन्त्रणका लागि सीमा नाकामा प्रभावकारी उपय व्यवस्थापन गर्नुपर्नेमा दुवै देशले ध्यान दिने सहमति भएको छ ।

कोरोना भाइरससँग लड्न आवश्यक सहकार्यका विषयमा शुक्रवार भएको टेलिफोन वार्तामा दुई देशका विदेशमन्त्रीले सीमा नाकाबाट हुने जोखिम न्यूनीकरण गर्न कडा सुरक्षा र स्वास्थ्य परीक्षण तथा सुरक्षा सतर्कता बढाउने सहमति भएको हो ।

दुई देशले कोरोना भाइरससँग लड्न आगामी दिनमा गर्ने सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology