Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको माछाखोलामा ८१ करोडको लागतमा बिद्युत आयोजना निर्माण हुने


3.2K
Shares

गोरखाको माछाखोलामा ८१ करोडको लागतमा बिद्युत आयोजना निर्माण हुने

गोरखा ७, चैत । उत्तरी गोरखाको माछाखोलमा ८१ करोड ६५ लाखको लागतमा बिद्युत आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । विकास हाइड्रोपावर कम्पनी र बैंक बिच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता समारोहमा हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताउनुभयो । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भन्नुभयो  ।

श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा अगाडि रहेर जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology