Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अन्यौलमा नपरौं : कार्यालय बन्द होइन, सेवा प्रवाह मात्र रोकिएको हो


1.7K
Shares

अन्यौलमा नपरौं : कार्यालय बन्द होइन, सेवा प्रवाह मात्र रोकिएको हो

गोरखा ७ चैत । सरकारले चैत ९ गतेदेखि देशभरका अत्यावश्यक बाहेका सरकारी कार्यालबाट सेवा प्रवाह राक्ने भएपनि कार्यालय भने बन्द नहुने भएको छ । सरकारी र निजी संघसंस्थाहरुबाट सेवा प्रवाह हुदा अत्याधिक मानिसको भीडभाड हुनेभएकाले दुई साताका लागि सेवा प्रवाह मात्र राक्ने निर्णय भएका प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले जानकारी दिनुभयो ।

प्रवाह रोकिएपनि सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले जनाएको छ । थापाले त्यो बिचमा कुनैपनि सरकारी कार्यालयहरु बन्द भने नहुने बताउनुभयो । कुन कुन कार्यालयबाट सेवा प्रदान हुनेछ भन्ने बारेमा उच्चस्तरीय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयको छलफलपछि सर्वसाधारणलाई प्रष्ट हुनेगरी जानकारी गराइने थापाले बताउनुभयो ।

उहाँले सेवा प्रवाह रोकिएको १२ दिनको अबधीमा पनि कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology